१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल



नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत पहल थालिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित सिधनियाघाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि सरोकारवाले बृहत् छलफल गरेका हुन् ।

मलमपट्टी मर्निङ वाक ग्रुप नेपालगन्जको समन्वयमा शुक्रबार भएको छलफलमा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य डा धवलशमशेर राणाले घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि आफूले संसदीय विकास कोषबाट आगामी आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन गर्ने र एक महिनाको पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घाट निर्माणका लागि पहिलो काम जग्गा प्राप्ति गर्नुपर्ने भन्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सर्वप्रथम कानुनी रुपले एउटा समिति गठन गर्नुपर्ने सुझाव दिए । उक्त स्थानमा सार्वजनिक जग्गा भएमा समितिले प्रस्ताव बनाएर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिमा पेस गर्न र उक्त प्रस्तावलाई सिफारिस गरी संसद्मा पठाउने तथा मन्त्रिपरिषद्ले पास गरेमा जग्गासमेत प्राप्ति हुन सक्ने उल्लेख गरे ।

मलमपट्टी मर्निङ वाक ग्रुपका संरक्षक डा सुरेशकुमार कनोडियाले आगामी एक वर्षभित्रमा तत्कालका लागि आवश्यक भौतिक संरचना दाहसंस्कार गृह, मलामी बस्नका लागि टहरालगायत कार्य गर्नका लागि प्रयास गरिने बताए ।

सहभागीले राप्ती नदीस्थित उक्त घाटमा नदीको कटानका कारण स्थायी रुपले दाहसंस्कार गर्ने स्थल बनाउन समस्या रहेको, कहिले पूर्व कहिले पश्चिमतिर दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको, मलामी बस्ने ठाउँ नहुँदा गर्मी महिना र वर्षाको महिनामा अत्यन्तै समस्या रहेको लगायतका विषयमा छलफल भएको ग्रुपका सदस्य एवं अधिकारकर्मी भोला महतले बताए ।

भेलाले संरक्षक डा कनोडियाको संयोजकत्वमा मूल समिति गठन गरेको छ । कार्यक्रममा ग्रुपका सदस्य डा बद्री चापागाईंले व्यवस्थित घाट निर्माणका लागि आवश्यक योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस अवसरमा समाजसेवी अशोककुमार श्रेष्ठले घाट निर्माणका लागि आफूले रु पाँच लाख एक हजार एक सय ११ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । छलफल कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यद्वय बादशाह कुर्मी र आदेश अग्रवाल, जिल्लास्थित सबै राजनीतिक दलका नेता, बुद्धिजीवी, व्यवसायी, उद्योगी, जनप्रतिनिधि, समाजसेवी, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, साहित्यकारलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ०७ बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ