३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

पिटरको बक पत्रमाथिको विमर्श : माओवादी जनयुद्धको शल्यक्रिया



नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको बजारमा आएको पुस्तक बकपत्र, पिटरको जीवनको बयान मात्र नभएर माओवादी जनयुद्धको शल्यक्रिया पनि भएको ठहर गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गरेको लेखक पिटरको पुस्तकमाथिको विमर्श कार्यक्रममा बोल्ने वक्ताहरुले पिटरले पुस्तक मार्फत आफ्नो जीवनका फरक पाटोसँगै जनयुद्धको शुल्यक्रिया गरेको बताएका हुन् । उनले आफै जनयुद्धमा सक्रिय हुँदा देखेका र भोगेका अनुभूतिलाई जस्ताको तस्तै पुस्तकमा उतारेको टिप्पणी गर्दै उनीहरुले पुस्तकले जनयुद्धका क्रममा भएका गलत क्रियाकलापलाई उदाङ्गो पारेको बताए ।

बकपत्रमाथि बोल्दै प्राध्यापक भागवत पौडेलले जनयुद्धले उठाएको सर्वाहाराको मुक्तिको सपना तुहिएको विषयमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताए । उनले बकपत्र जनयुद्धको समिक्षाको एक बहस बन्न सक्ने उल्लेख गर्दै बकपत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरु समेटिएको बताए ।

साहित्यकार सनत रेग्मीले बकपत्रमा निराशा हाबी भएको बताए । उनले पिटर आफै माओवादी कमाण्डर भएरपनि माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भिक भएर आफ्ना कुराहरु राख्न सफल भएकोमा प्रशंसा गरे ।

पत्रकार झलक गैरेले पुस्तकको नाम बक पत्र भनिएपनि पिटरले आफ्नो जीवनका धेरै पाटाहरुमा पर्दा हालेरे धाकछोप गर्न खोजेको आरोप लगाए । उनले पिटरले कतिपय आफुले प्रत्यक्ष आफुल ेदेखेका घरटना र विषयहरु पनि पुस्तकमा लेख्न नसकेको टिप्पणी गर्दै त्यसो हुनुको कारण जान्न चाहेको बताए ।

टिप्पणीकर्ता र सहभागीहरुका जिज्ञाशा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरु पुस्तकमा जस्ताको तस्तै उतार्न सामाजिक परिवेशले नदिएको स्वीकार गरे । यद्धपि आफूले आफ्नो जीवन भोगाईमा मदिरा देखि सेक्स सम्मका बिम्बहरु प्रस्तुत गर्न सकेको दाबी गरे । कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्ने उल्लेख गर्दै पिटरले नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ भन्ने सत्यलाई पुस्तकमा आफुले उतारेको बताए । उनले आफु माओवादी पार्टीमा नरहेपनि आफु माओवादी नै भएको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : २२ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट