३० असार २०८३, मंगलबार | July 15, 2026

बाँकेबाट मोटरसाईकल चोरीमा संलग्न ४ जना मोटरसाईकल सहित पक्राउ



नेपालगन्ज । प्रहरीले बाँकेका बिभिन्न स्थानबाट मोटरसाईल चोरी गर्नेहरु मध्य ४ वटा मोटरसाईल चोरी गर्ने ५ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको छ । फरक फरक मितिमा चोरी भएका ४ थान मोटरसाईल चोरी गर्ने ५ जनालाई प्रहरीले बाँके र बर्दियाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

गत बैशाख २४ गते नेपालगन्ज -१८ विशालनगरबाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्न लागेको अवस्थामा जिल्ला बर्दिया बहैयाताल २ बरने निर्मल सुनारलाई रङ्गेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरि गत बैशाख २७ गते नेपालगन्ज-१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल सोही दिन नेपालगन्ज उप-महानगरपालिका-१० बाट जिल्ला बर्दिया गुलरिया-६ बस्ने मनोज रावतले प्रयोग गरेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार गत २८ गते बिहान ४ बजे जानकी ४ बाट भे ९ प ३४४७ नम्बरको मोटरसाईकल चोरी गरी लु ३४ प ७७७ नम्बरको मोटरसाईकलले तानेर लैजादै गरेको अवस्थामा जिल्ला खजुरा-७ बरने दुइन्क लस्दर श्रीवास्तव र लक्ष्मण हरिजनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी चढाईएको डीएसपी डाँगीले बताए ।

चोरी भएको मोटरसाईल तान्न प्रयोग भएको लु ३७ प ७७७ नम्बरको मोटरसाईकलको सवारी धनि हाल सम्म नखुलेको र जो कसैको भए आवश्यक कागज पत्र सहित प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले सूचित गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ०५ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित