१९ माघ २०८२, सोमबार | February 2, 2026

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा



दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श गर्नुपर्ने सरोकारवालो बताएका छन् । ‘लुम्बिनी प्रदेशस्तरीय बालविवाहविरुद्धको अभियान, सरोकारवालाहरुको भूमिका’ विषयक प्रदेशस्तरीय पैरवी कार्यक्रमका सहभागीले उमेर नपुगी गरेको विवाहको भोज खानेलाई कानुनबमोजिम सजाय हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अभिभावकले बालविवाहको दबाब रोक्नुपर्ने बताए । बालविवाहको विषयमा लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बनाउँदा सामाजिक कुरीतिलाई निर्मूल पार्ने विषय प्राथमिकतामा राख्ने उनले बताए । बालबालिकालाई घरका काममा सँगै लगाउन र उनीहरुका कुरा सुन्न आग्रह गरे । स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गरेर समुदायलाई सचेतना दिने खालको कार्यक्रम ल्याउन उनको आग्रह छ ।

लुम्बिनी प्रदेशका सभासद् निमा गिरीले बालविवाह भएको समुदायको तथ्याङ्क लिएर कार्यक्रम गर्नुपर्ने बताइन् । अभिभावक, किशोर–किशोरीलाई एकै थलोमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने उनको भनाइ छ । मानिसले भौतिक विकासलाई मात्रै विकास देख्ने भएका कारण मानवीय विकासलाइ प्राथमिकतामा राख्न उनले जोड दिइन् ।

ऐरावती गाउँपालिका प्यूठानले बालविवाह गरेको सूचना दिनेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरेको छ । लुम्बिनी प्रदेश बालबालिका, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा प्रमुख कमला पौडेलले सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

मुक्त कमलरी विकासका केन्द्रीय अध्यक्ष हिरामोति चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम दलित महिला उत्थान सङ्घ बर्दिया, फातिमा फाउन्डेसन नेपाल बाँके, सोइया महिला स्वावलम्बी संस्था रुपन्देही, सिर्जनशील संस्था नेपाल रुपन्देही र मुक्त कमलरी विकास मञ्च दाङको सहकार्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा दाङ, बाँके, बर्दिया र रुपन्देहीका बालक्लबका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १० : २६ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको