१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा



दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श गर्नुपर्ने सरोकारवालो बताएका छन् । ‘लुम्बिनी प्रदेशस्तरीय बालविवाहविरुद्धको अभियान, सरोकारवालाहरुको भूमिका’ विषयक प्रदेशस्तरीय पैरवी कार्यक्रमका सहभागीले उमेर नपुगी गरेको विवाहको भोज खानेलाई कानुनबमोजिम सजाय हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अभिभावकले बालविवाहको दबाब रोक्नुपर्ने बताए । बालविवाहको विषयमा लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बनाउँदा सामाजिक कुरीतिलाई निर्मूल पार्ने विषय प्राथमिकतामा राख्ने उनले बताए । बालबालिकालाई घरका काममा सँगै लगाउन र उनीहरुका कुरा सुन्न आग्रह गरे । स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गरेर समुदायलाई सचेतना दिने खालको कार्यक्रम ल्याउन उनको आग्रह छ ।

लुम्बिनी प्रदेशका सभासद् निमा गिरीले बालविवाह भएको समुदायको तथ्याङ्क लिएर कार्यक्रम गर्नुपर्ने बताइन् । अभिभावक, किशोर–किशोरीलाई एकै थलोमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने उनको भनाइ छ । मानिसले भौतिक विकासलाई मात्रै विकास देख्ने भएका कारण मानवीय विकासलाइ प्राथमिकतामा राख्न उनले जोड दिइन् ।

ऐरावती गाउँपालिका प्यूठानले बालविवाह गरेको सूचना दिनेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरेको छ । लुम्बिनी प्रदेश बालबालिका, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा प्रमुख कमला पौडेलले सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

मुक्त कमलरी विकासका केन्द्रीय अध्यक्ष हिरामोति चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम दलित महिला उत्थान सङ्घ बर्दिया, फातिमा फाउन्डेसन नेपाल बाँके, सोइया महिला स्वावलम्बी संस्था रुपन्देही, सिर्जनशील संस्था नेपाल रुपन्देही र मुक्त कमलरी विकास मञ्च दाङको सहकार्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा दाङ, बाँके, बर्दिया र रुपन्देहीका बालक्लबका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १० : २६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा