१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

अर्थसहित चार संसदीय समितिको बैठक बस्दैँ



काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । आज अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको कार्यसूची छ ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्ने छ । बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अन्तर-धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ५२ बजे

९ वर्षिय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन

बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद