९ पुस २०८२, बुधबार | December 25, 2025

भारतमा चौथो चरणको मतदान आज



काठमाडौं। भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन् ।

यस चरणमा, कुल १७।७० करोड मतदाताहरूले १९ लाख भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन्, जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन्।

निर्वाचन हुने राज्यमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू र कश्मीर रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ०४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना