८ पुस २०८२, मंगलबार | December 24, 2025

भारतमा आँधीका कारण १४ जनाको मृत्यु



नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोेर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनहरूमा मानिसहरु आश्रय लिएरहेका देखाइएको छ ।

इन्धन स्टेसनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भइ खसेको थियोे । पीडितहरू आँधी र वर्षाको बिचमा इन्धन स्टेसनमा शरण लिइरहेको अवस्थामा उक्त दुर्घटना हुदाँ ठूलो सङ्ख्यामा मानिसहरुको ज्यान गएको स्रोतले जनाएको छ ।

स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए । पछिल्लो रिपोर्टका अनुसार मुम्बई पुलिसले अवैध रूपमा जडान गरिएको विज्ञापन बोर्डको मालिकविरुद्ध आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : २० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना