२८ भदौ २०८३, आइतबार | September 14, 2026

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार



तिलोत्तमा । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह मेडिकल कलेजको प्राबिधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

तिलोत्तमा ३ स्थित ब्लु बेल पार्टी प्यालेस ड्राइभरटोलमा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँणले दर्शन ठकुरी समाजले स्वास्थ्य सुबिधाका खातिर देखाएको अग्रसरता सह्रानीय रहेको बताए ।

मानवीय स्वास्थ्यका लागी ठकुरी समाजले देखाएको बाटोलाई सबैले आत्मसात गर्नसके स्वस्थ समाजको परिकल्पना साकार हुने धारणा राखे । पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिइरहेको तिलोत्तमा नगरपालिकाले दर्शन कल्याण ठकुरी समाज रुपन्देहीसँग हातेमालो गरि अघि बढन तयार रहेको प्रतिक्रिया दिए । सो अवसरमा बोल्दै दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका अध्यक्ष मीना सेन मल्लले मानव जीवनमा स्वस्थ सबैभन्दा ठुलो कुरा रहेकाले समय समयमा आफनो स्वास्थ्य चेकजाँच गराएर ढुक्क हुन सहभागी सवैलाई आग्रह गरिन । साथै उनले स्वस्थ ब्यक्तिबाटै स्वस्थ समाजको परिकल्पना गर्न सकिने भन्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा गर्वको महसुस भएको बताइन ।

देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा आकाश कुमार सिंह तथा मोनिका परियार, वरिष्ठ जनरल फिजिसियन डा जितेन्द्र यादव तथा अस्पतालबाट खटिएका फिजियोथेरापिष्टहरुले फिजियो सम्बन्धी सेवा दिएका थिए ।

शिविरको उदघाटन सत्रमा तिलोत्तमा वडा न ३ का अध्यक्ष कल्याण पौडेल, तिलोत्तमा वडा न ४ का अध्यक्ष हरि बहादुर क्षेत्री उपस्थिति रहेको कार्यक्रममा दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार शाहले स्वागत र सचिव समर मल्लले कार्यक्रमको सन्चालन गरेका थिए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : २१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा