१ पुस २०८२, मंगलबार | December 16, 2025

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार



तिलोत्तमा । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह मेडिकल कलेजको प्राबिधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

तिलोत्तमा ३ स्थित ब्लु बेल पार्टी प्यालेस ड्राइभरटोलमा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँणले दर्शन ठकुरी समाजले स्वास्थ्य सुबिधाका खातिर देखाएको अग्रसरता सह्रानीय रहेको बताए ।

मानवीय स्वास्थ्यका लागी ठकुरी समाजले देखाएको बाटोलाई सबैले आत्मसात गर्नसके स्वस्थ समाजको परिकल्पना साकार हुने धारणा राखे । पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिइरहेको तिलोत्तमा नगरपालिकाले दर्शन कल्याण ठकुरी समाज रुपन्देहीसँग हातेमालो गरि अघि बढन तयार रहेको प्रतिक्रिया दिए । सो अवसरमा बोल्दै दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका अध्यक्ष मीना सेन मल्लले मानव जीवनमा स्वस्थ सबैभन्दा ठुलो कुरा रहेकाले समय समयमा आफनो स्वास्थ्य चेकजाँच गराएर ढुक्क हुन सहभागी सवैलाई आग्रह गरिन । साथै उनले स्वस्थ ब्यक्तिबाटै स्वस्थ समाजको परिकल्पना गर्न सकिने भन्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा गर्वको महसुस भएको बताइन ।

देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा आकाश कुमार सिंह तथा मोनिका परियार, वरिष्ठ जनरल फिजिसियन डा जितेन्द्र यादव तथा अस्पतालबाट खटिएका फिजियोथेरापिष्टहरुले फिजियो सम्बन्धी सेवा दिएका थिए ।

शिविरको उदघाटन सत्रमा तिलोत्तमा वडा न ३ का अध्यक्ष कल्याण पौडेल, तिलोत्तमा वडा न ४ का अध्यक्ष हरि बहादुर क्षेत्री उपस्थिति रहेको कार्यक्रममा दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार शाहले स्वागत र सचिव समर मल्लले कार्यक्रमको सन्चालन गरेका थिए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज