२८ भदौ २०८३, आइतबार | September 14, 2026

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु



बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली टोलमा मेला आयोजना गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पु¥याउने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको उनले बताए । मेलामा साँस्कृतिक कार्यक्रम, डान्स आइडल सँगै बाल उद्यान, टोटल र व्यापारिक स्टलहरु रहनेछन् । मेला दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले जानकारी गराए ।

मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिनेछन् । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।

मेलामा प्रबेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई सहुलियतमा ७० रुपैयाँ कायम गरीएको छ । यस्तै जेष्ठ नागरीक र ५ वर्ष मुनिका बालबालिकाका लागि भने निःशुल्क प्रबेशको व्यवस्था गरीएको अध्यक्ष भुसालले बताए ।

उनका अनुसार मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ३० बढी स्टल रहनेछन् । १६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ । मेला अवधिभरमा करिब ५० हजार बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् भने सह–आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ०६ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा