१० पुस २०८२, बिहिबार | December 25, 2025

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु



बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली टोलमा मेला आयोजना गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पु¥याउने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको उनले बताए । मेलामा साँस्कृतिक कार्यक्रम, डान्स आइडल सँगै बाल उद्यान, टोटल र व्यापारिक स्टलहरु रहनेछन् । मेला दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले जानकारी गराए ।

मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिनेछन् । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।

मेलामा प्रबेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई सहुलियतमा ७० रुपैयाँ कायम गरीएको छ । यस्तै जेष्ठ नागरीक र ५ वर्ष मुनिका बालबालिकाका लागि भने निःशुल्क प्रबेशको व्यवस्था गरीएको अध्यक्ष भुसालले बताए ।

उनका अनुसार मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ३० बढी स्टल रहनेछन् । १६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ । मेला अवधिभरमा करिब ५० हजार बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् भने सह–आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ०६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न