२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो ।

यसअघि सन्दीप जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरिराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए ।

जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप क्यानबाट अलग्गिएका थिए । उनले सफाइ पाएसँगै क्यानले आज नै निलम्बन फुकुवा गरेको हो ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । लामिछाने टिमको बिदाइमा पनि सहभागी भएका थिए । अब उनले नेपाली टिमको प्रमुख खेलाडीका रुपमा टिममा सहभागिता जनाउने बताइएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : १६ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै