५ पुस २०८२, शनिबार | December 20, 2025

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने



काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।

सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।

सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ११ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता