१९ असार २०८३, शुक्रबार | July 4, 2026

३१ औं मदन भण्डारी स्मृति राष्ट्रिय खुल्ला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाको राजन रोक्काले हात पारे



बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका कार्यरत राजन रोक्काले हात पारेका छन । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुटवलमा आयोजना गरेको राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन ।

म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन । ‘सबैका लागि खेल’ भन्ने नारा सहित आयोजना गरिएको म्याराथनमा नेपाली सेनाकै नरेन्द्र रावत दोश्रो भएका छन । १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भएका छन । बस्नेतले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, नेपाली सेनाकै श्रीष लाल पाँचौ तथा सशस्त्र प्रहरीका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन । चौथो बनेका बुढाले ३० हजार, पाँचौं बनेका श्रीष लालले २० हजार र छैटौं बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटी आई समापन भएको थियो । प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसको अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो ।

जसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेज स्तरिय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरिय खुल्ला छात्र र तिन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो ।

सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंसम्म हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट धावकहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  २ : ०३ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०