२६ बैशाख २०८३, शनिबार | May 9, 2026

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट



काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ ।

संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो । त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका थिए ।

त्यस्तै बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् । त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १२ : ४८ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु