३१ श्रावण २०८३, आइतबार | August 16, 2026

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा



मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ। औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनने।

औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ। सरकारले ९८ प्रकारका निस्शुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ।

सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ । बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन् ।

मुगुको खत्याड गाउँपालिका-९ का राजकुमार लावड सामान्य बिरामि परेपछि जिल्ला अस्पताल मुगेका थिए । तर, उनले अस्पतालमा सिटामोलसमेत पाउन सकेनन् । ज्वरो आउने, खोकि लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल  पनि पाउन नसकेको उनको गुनासो छ ।

१५ सैय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन् । मौषम परिवर्तनसँगै बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

औषधि अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर रहेको नागरिकहरूको दुखेसो छ । जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई  समय समयमा औषधि अभाव खेप्दै आइरहेको छ ।

गत भदौ महिनामा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ । अहिले गत वर्ष खरिद गरिएका औषधिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गनाले बताए ।

सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन् । गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ति खेप्नु परेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : २२ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका