१५ माघ २०८२, बिहिबार | January 29, 2026

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै



बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा गत सोमबार बसेको सङ्घको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घका सचिव विकास गौतमले बैठक पश्चात निर्णय सार्वजनिक गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा गरिएको निर्णयमा उल्लेख गरिए अनुसार पत्रकार एन बी कंडेल चलचित्र पत्रकारिता सम्मान २०८० मार्फत दिवंगत पत्रकार कृष्ण बाबु पाण्डेलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने नवोदित चलचित्र पत्रकार सम्मान २०८० मार्फत पत्रकार ईन्द्र खत्रीलाई नगद, दोसल्ला र मायाको चिनो सहित सम्मान प्रदान गरिनेछ । पुरस्कार समितिमा श्रेष्ठको संयोजकमा डीबी सुस्लिङ्ग र सन्त कुमार श्रेष्ठ सदस्य रहेका छन् ।

जेठ ७ गते सोमबार योगिकुटी स्थित होटल पौवामा आयोजना गरिने एक विशेष समारोहमा बुटवल कार्यक्षेत्र भएका पत्रकार स्वर्गीय कृष्ण बाबु पाण्डे र पत्रकार इन्द्र खत्री लाई पुरस्कृत गरिँदै छ । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : १७ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण