३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै



नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व सम्मतको प्रयास कमजोर हुँदै गएको छ । ३ वर्षे कार्यकालका लागि ३ जनाले प्यानल सहित उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मतको प्रयास कमजोर हुँदै गएको हो ।

कार्यकालको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदारी परेको छ । शुक्रबारदेखि सुरु भएको नवौं अधिवेशनमा शनिबार साँझ उम्मेदारी दर्ता भएको हो । नयाँ नेतृत्वको लागि बहालवाला अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ्ग र बहालवाला उपाध्यक्ष डिल्ली बिसीले अध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका छन् ।

गुरुङ एकीकृत कम्युनिष्ट पार्टी नेकपाकालमा अध्यक्ष हुन् । उम्मेदवारी दर्ता भएपनि नेताहरुले सहमतिको प्रयास जारी राखेको बताइएको छ । निर्वाचनको माहौलमा कमजोर आँकलन गरिएपछि बहालवाला अध्यक्ष कक्षपति चुनावी मैदानबाट बाहिरीने सम्भावना रहेको अधिवेशनका सहभागी एक प्रतिनिधिले बताए । कक्षपतिले उम्मेदवारी फिर्ता लिए गुरुङ र बिसीबीच चुनावी प्रतिस्पर्धा हुने छ । कक्षपती त्रिपक्षीय भिडन्तमा नजाने मनस्थितिमा रहेको उनी निकट स्रोतको दाबी छ ।

बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ रहेको तथा गुरुङ्गलाई एमाले केन्द्रीय सदस्य तथा बाँकेका प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, एमाले नेतृ शान्ति ढकाल लगायतको साथ रहेको बताइएको छ ।

उपाध्यक्षमा प्रदेश सरकारका मन्त्री रत्न खत्री, युवा नेता रविन्द्र लम्साल, सुमन मल्ल, इन्द्रबहादुर थापाको उम्मेदारी परेको छ । सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालले उम्मेदारी दिएका छन् भने उपसचिवमा भने ९ जनाको उम्मेदारी परेको छ ।

निर्वाचन समितिका सदस्य भेषराज बस्नेतका अनुसार आज राती १० बजेसम्म उम्मेदारको दावी विरोध र आइतबार बिहान ९ बजेदेखि निर्वाचन गर्ने समितिले तयारी गरेको छ । ४६८ जना प्रतिनिधि रहेको अधिवेशनबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : ५० बजे

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

गोरखा । मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको उपस्थितिबारे अन्योल

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडकखण्ड बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित