४ पुस २०८२, शुक्रबार | December 20, 2025

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश



काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदानमा गए राति भएको खेलमा बैंगलुरुले चेन्नइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । समान १४ अंक भए पनि नेटरनरेटमा चेन्नेइ, दिल्ली र लखनउलाई पछि पार्दै बैंगलुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२१९ रनको लक्ष्य पछ्याएको चेन्नइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो । चेन्नइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बैंगलुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बैंगलुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए । यसअघि आईपीएलको प्लेअफका चार वटा टोलीको टुंगो लागिसकेको छ । १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको