२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ । बिभिन्न कम्पनीका ९ थान मोटरसाईकल फेला पारेको प्रहरीले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्लामा पछिल्लो समयमा मोटरसाइकल चोरीका घटनाहरु दैनिकरुपमा बढेको भन्ने सर्वसाधारणको गुनासोका आधारमा विशेष प्रहरी टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

डीएसपी डाँगीका अनुसार मोटरसाइकल चोरीमा संलग्न खजुरा गाउँपालिका वडा नं. ७ का बहुर बर्मा, सोही ठेगानाका फरिद दर्जी, उमेश वर्मा र राजन सोनीलाई प्हरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जना व्यक्तिलाई चोरी कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान एवम् कारबाही अगाडी बढाइएको उनले बताए ।

बरामद गरिएका मोटरसाइकलका सवारी धनि नखुलेका कारण आवश्यक कागजपत्रसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई बाँके प्रहरीले अनुरोध गरेको छ । बाँकेमा पछिल्लो समयमा दैनिकजसो मोटरसाइकल चोरीका घटना बढ्दै गएको भनेर सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।

फेला परेका मोटरसाइकलको विवरण :

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : ३० बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका