१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

दुई जना पत्रकारलाई सम्मानित गर्दैं चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले मनायो स्थापना दिवस



बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले शाखाले सोमबार तिलोत्तमामा एक कार्यक्रमका बीच आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा चलचित्र क्षेत्र तथा रङ्गकर्मीका क्षेत्रमा कलम चलाउने २ जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

संघले नवोदित चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार ईन्द्र खत्रीलाई नगदसहित सम्मान गरेको छ भने एन.बी कंडेल स्मृति चलचित्र पत्रकारिता पुरस्कारबाट स्वर्गीय कृष्णबाबु पाण्डेलाई मरणोपर्यन्त सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।

उक्त पुरस्कार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा संघका सल्लाहकार रामराज पोख्रेल, संघका अध्यक्ष मोहन न्यौपाने, संस्थापक अध्यक्ष सुमन श्रेष्ठ लगायतले संयुक्त रुपमा प्रदान गरे । नवोदित चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राशी ५ हजार रुपैंया र एनबि कंडेल स्मृति चलचित्र पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैयां रहेको छ । संघका संस्थापक अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा डि.बी. सुस्लिङ र सन्तकुमार श्रेष्ठ सदस्य रहने गरी गठित समितिले गरेको सिफारिसका आधारमा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पत्रकारले गर्ने रचनात्मक आलोचनाले रुपान्तरणमा योगदान गर्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विधागत रुपमा क्षमता विकास गर्न विधागत रुपमा स्थापना गरिएका संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

यसैगरी पत्रकार दिनेश पाण्डेयले संस्थालाई आर्थिक रुपमा समेत बलियो बनाएर श्रटा सम्मानलाई निरन्तरता दिन आग्रह गरे । संस्थाको आर्थिक क्षमता बढाउनका लागि आफूले समेत सक्दो सहयोगको प्रतिवद्धता गर्दै उनले सहकार्य गर्न तयार रहेको उल्लेख गरे । संघका अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार सुमन श्रेष्ठ, सल्लाहकार मनिस पन्थ, प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य सरु राना, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका महासचिव विकाश गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा बोल्दै स्वर्गीय पत्रकार एन.बी. कंडेलकी धर्मपत्नी मनु कंडेलले सधैभरी स्मरणमा राख्नका लागि चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले पुरस्कार स्थापना गरेको प्रति धन्यवाद ज्ञापन गरिन् । स्वर्गीय पत्रकार कंडेलले व्यवसायीक जीवनमा निडर र निष्पक्ष भएर कलम चलाउने गरेको स्मरण गरिन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : १२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको