३ चैत्र २०८२, मंगलबार | March 17, 2026

दुई जना पत्रकारलाई सम्मानित गर्दैं चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले मनायो स्थापना दिवस



बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले शाखाले सोमबार तिलोत्तमामा एक कार्यक्रमका बीच आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा चलचित्र क्षेत्र तथा रङ्गकर्मीका क्षेत्रमा कलम चलाउने २ जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

संघले नवोदित चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार ईन्द्र खत्रीलाई नगदसहित सम्मान गरेको छ भने एन.बी कंडेल स्मृति चलचित्र पत्रकारिता पुरस्कारबाट स्वर्गीय कृष्णबाबु पाण्डेलाई मरणोपर्यन्त सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।

उक्त पुरस्कार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा संघका सल्लाहकार रामराज पोख्रेल, संघका अध्यक्ष मोहन न्यौपाने, संस्थापक अध्यक्ष सुमन श्रेष्ठ लगायतले संयुक्त रुपमा प्रदान गरे । नवोदित चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राशी ५ हजार रुपैंया र एनबि कंडेल स्मृति चलचित्र पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैयां रहेको छ । संघका संस्थापक अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा डि.बी. सुस्लिङ र सन्तकुमार श्रेष्ठ सदस्य रहने गरी गठित समितिले गरेको सिफारिसका आधारमा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पत्रकारले गर्ने रचनात्मक आलोचनाले रुपान्तरणमा योगदान गर्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विधागत रुपमा क्षमता विकास गर्न विधागत रुपमा स्थापना गरिएका संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

यसैगरी पत्रकार दिनेश पाण्डेयले संस्थालाई आर्थिक रुपमा समेत बलियो बनाएर श्रटा सम्मानलाई निरन्तरता दिन आग्रह गरे । संस्थाको आर्थिक क्षमता बढाउनका लागि आफूले समेत सक्दो सहयोगको प्रतिवद्धता गर्दै उनले सहकार्य गर्न तयार रहेको उल्लेख गरे । संघका अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार सुमन श्रेष्ठ, सल्लाहकार मनिस पन्थ, प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य सरु राना, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका महासचिव विकाश गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा बोल्दै स्वर्गीय पत्रकार एन.बी. कंडेलकी धर्मपत्नी मनु कंडेलले सधैभरी स्मरणमा राख्नका लागि चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले पुरस्कार स्थापना गरेको प्रति धन्यवाद ज्ञापन गरिन् । स्वर्गीय पत्रकार कंडेलले व्यवसायीक जीवनमा निडर र निष्पक्ष भएर कलम चलाउने गरेको स्मरण गरिन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : १२ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड