काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारवाहीको माग गर्दै निवेदन दिएका छन् ।
उपसभापति गुरूङले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने विरुद्ध संसदको अवहेलनामा कारवाही गर्न सोमबार निवेदन दिएका हुन् ।
संसदमा अर्थहीन र आधारहीन अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको गुरूङको भनाइ छ । उनले अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको जिकिर समेत गरेका छन् । लामिछानेलेले बोलेका कुरा पुष्टि नभएमा उनीमाथि कारवाही हुनुपर्ने गुरुङको माग छ ।




















प्रतिक्रिया