४ पुस २०८२, शुक्रबार | December 20, 2025

उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रवाहको विमोचन गर्दै लुम्बिनी प्रवाहले विश्वलाई लुम्बिनीलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुद्धकालीन सभ्यतासँग जोडिएको लुम्बिनी प्रभाले सम्पुर्ण लुम्बिनी क्षेत्रलाई पुस्तकमा उतारिएकोमा खुसी व्यक्त गरेका हुन् । विद्वानहरु, संस्कृति तथा पुरातत्वसम्बन्धी विज्ञहरु सहितको सहभागीतामा अनुसन्धानमुलक सामाग्री बनेकोमा खुसी व्यक्त गरेका हुन् ।

लुम्बिनी प्रवाहले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह (पण्डितपुर) लगायत क्षेत्रहरुको महत्त्वलाई उजागर गरेको बताएका छन् । आगामी दिनमा थेरवाद, महायान र बज्रयान सम्प्रदायमा बुझ्ने गरि यस्तै पुस्तक प्रकाशन गर्न समेत आग्रह गरेका छन् । बुद्धदर्शन बारे गहिरो अनुसन्धान र अभ्यास गरेर पुस्तकहरु प्रकाशन गरेमा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

लुम्बिनी बौद्धविश्वविद्यालय र लुम्बिनी विकास कोष एक सिक्काको दुईपाटा रहेको भन्दै उपाध्यक्ष डा. लामाले विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी र विद्यार्थीहरुको थप उच्च मनोबल बनाएर सिर्जनशील हुदै अगाडि बढ्ने वातावरण बनाउने छात्रवृत्ति लगायतको कार्यक्रमलाई अगाडि बढाउने समेत कार्यक्रममा जानकारी गराएका हुन् ।

कार्यक्रममा BTTM 6h सेमेस्टर (GDS) विद्यार्थीलाई प्रमाणपत्र सहितको सम्मान समेत गरिएको थियो भने कार्यक्रममा क्याम्पस प्रमुख डा. निरबहादुर गुरुङ, डा विमलेन्द्र कुमार, फनिन्द्र कुमार न्यौपानेले किताब सफलताको शुभकामना सहित छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको