५ पुस २०८२, शनिबार | December 20, 2025

सार्कको महत्वमाथि इस्लामावादमा छलफल, द्विपक्षीय तनाव कम गर्न सहभागीहरुको जोड



इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कसम्बन्धी महत्वपूर्ण गोलमेच सम्मेलनको आयोजना गरिएको छ ।

इन्स्टिच्यूट अफ स्टाटेजिक सेन्टरअन्तर्गतको द इन्डिया स्टडी सेन्टर (आईएसएसआई)को आयोजनामा ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगको सम्भावना र चुनौती’ नामक गोलमेच सम्मेलन आयोजना गरिएको हो ।

सार्कका महासचिव गुलाम सरवारको उपस्थितिमा आयोजित उक्त सम्मेलनका सहभागीहरुले सार्कको महत्वकोबारेमा मन्तव्य राखेका थिए । उनीहरुले जनतामा केन्द्रित सार्कले खाद्य असुरक्षा, बढ्दो जनसङ्ख्या, प्राकृतिक प्रकोप र कमजोर अन्तर–क्षेत्रीय व्यापार र कनेक्टिभिटी जस्ता सदस्य राष्ट्रहरूले सामना गरिरहेका असंख्य साझा चुनौतीहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको उनीहरुले बताएका थिए ।

सहभागीहरूले सार्कका निर्णयहरूको कार्यान्वयनमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । आर्थिक सहयोग र व्यापार सुदृढीकरण; र क्षेत्रीय एकीकरण बलियो बनाउन उनीहरुले आग्रह गरेका थिए । सहभागीहरूले सार्कले हालसम्म गरेको प्रगतिका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । उनीहरुले सार्कलाई क्षेत्रीय सहयोगको लागि एक व्यवहारिक प्लेटफर्म बनाउनको लागि पुनरुत्थान गर्ने उपायहरूबारे सुझाव दिएका थिए ।

क्षेत्रीय सहयोगका लागि अनुकूल वातावरण सिर्जना गर्ने माध्यमका रूपमा लामो समयदेखि चल्दै आएका विवादहरू समाधान गर्न र द्विपक्षीय तनाव कम गर्नुपर्ने आवश्यकतामा सहभागीहरूले जोड दिएका थिए । दुई शक्तिशाली छिमेकी देश भारत र पाकिस्तानबीचको दुईपक्षीय तनावका कारण झण्डै एक दशकदेखि सार्कको गतिविधि ओझेलमा परेको छ ।

कार्यक्रममा कूटनीतिज्ञहरू, शिक्षाविद्हरू, अनुसन्धानकर्ताहरु, थिंक–ट्याङ्कहरू र विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरू उपस्थित थिए ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १० : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य