१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

वन संरक्षणका लागि उपभोक्तालाई उत्पादन र स्वरोजगारमा सहभागी गराउन जोड



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ मा रहेका सामुदायिक वन उपभोक्ता समितिहरुका लागि बुधबार क्षमता बिकास सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । सो अवसरमा सहभागीहरुले उपभोक्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रमसँग जोडेर आर्थिक सवलीकरणमा जोड दिए ।

उपभोक्तालाई अपनत्व महशुस गराउन सके मात्रै वन तथा वातावरणको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने सहभागीहरुले बताए  । सामुदायिक वन समन्वय समिति तिनाउको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो । तिनाउको झिगामारामा आयोजित कार्यक्रममा सहजिकरण गर्दै समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले पर्यावरण संरक्षणमा तिनाउको भूमिकाबारे जानकारी गराएका थिए । यहाँका सामुदायिक वनहरुको संरक्षणले जलाधार क्षेत्र संरक्षण हुनुका साथै तल्लो तटीय क्षेत्रमा रहेका हजारौं हेक्टर जमिनमा सिंचाई तथा पिउने पानी उपलब्ध गराउन सफल भएको उल्लेख गरे । तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकासँग सहकार्य भएको बताउँदै उनले लाभान्वित क्षेत्रहरु तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका तथा सुद्धोधन गाउँपालिकाले पनि सहकार्यमा सहभागी हुन जोड दिए । तल्लो तटीय क्षेत्रमा रहेका पालिकाहरुले पुनःभरण अन्तरगत पर्यावरण संरक्षका लागि तिनाउमा लाभ अनुसारको लगानी गर्नु पर्नेमा जोड दिए ।  तिनाउका पहाडहरुमा भएका उत्खनन्ले भविष्यमा पार्न सक्ने प्रभाव र जलवायु परिवर्तनको संकट बारे बेलैमा सोच्नु पर्ने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै तिनाउ-१ का वडा सदस्य यमबहादुर घर्ती मगरले उपभोक्तालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । यसैगरी पूर्व जनप्रतिनिधि अम्मर तरामुले उपभोक्तालाई वनमाथिको निर्भरता कम गरी संरक्षणमा सहभागी गराउनु पर्ने बताए । उपभोक्तालाई उत्पादनसँग जोड्न उनीहरुमा सीपको बिकास गरी व्यवसायिक क्षमता वृद्धिमा जोड दिए । कार्यक्रममा बोल्दै पत्रकार डि. बी. सुस्लिङले समुदायलाई उत्पादनमा प्रोत्साहित गर्न सरकारले बजार सुनिश्चितता गरिदिनु पर्नेमा जोड दिए । अल्पकालिन र दृघकालिन लाभका आधारमा वर्गीकरण गरि उपभोक्तालाई उत्पादनसँग जोडी आर्थिक रुपमा समृद्ध बनाउन सके वन तथा वातावरण र पर्यावरण संरक्षणमा टेवा पुग्ने बताए । सामुदायिक वन समन्वय समितिका कोषाध्यक्ष विनोद बस्यालको सञ्चालन तथा सदस्य भोजबहादुर छहरीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ६ : १८ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको