५ श्रावण २०८३, मंगलबार | July 22, 2026

वन संरक्षणका लागि उपभोक्तालाई उत्पादन र स्वरोजगारमा सहभागी गराउन जोड



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ मा रहेका सामुदायिक वन उपभोक्ता समितिहरुका लागि बुधबार क्षमता बिकास सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । सो अवसरमा सहभागीहरुले उपभोक्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रमसँग जोडेर आर्थिक सवलीकरणमा जोड दिए ।

उपभोक्तालाई अपनत्व महशुस गराउन सके मात्रै वन तथा वातावरणको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने सहभागीहरुले बताए  । सामुदायिक वन समन्वय समिति तिनाउको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो । तिनाउको झिगामारामा आयोजित कार्यक्रममा सहजिकरण गर्दै समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले पर्यावरण संरक्षणमा तिनाउको भूमिकाबारे जानकारी गराएका थिए । यहाँका सामुदायिक वनहरुको संरक्षणले जलाधार क्षेत्र संरक्षण हुनुका साथै तल्लो तटीय क्षेत्रमा रहेका हजारौं हेक्टर जमिनमा सिंचाई तथा पिउने पानी उपलब्ध गराउन सफल भएको उल्लेख गरे । तिनाउ जलाधार क्षेत्र संरक्षणका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकासँग सहकार्य भएको बताउँदै उनले लाभान्वित क्षेत्रहरु तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका तथा सुद्धोधन गाउँपालिकाले पनि सहकार्यमा सहभागी हुन जोड दिए । तल्लो तटीय क्षेत्रमा रहेका पालिकाहरुले पुनःभरण अन्तरगत पर्यावरण संरक्षका लागि तिनाउमा लाभ अनुसारको लगानी गर्नु पर्नेमा जोड दिए ।  तिनाउका पहाडहरुमा भएका उत्खनन्ले भविष्यमा पार्न सक्ने प्रभाव र जलवायु परिवर्तनको संकट बारे बेलैमा सोच्नु पर्ने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै तिनाउ-१ का वडा सदस्य यमबहादुर घर्ती मगरले उपभोक्तालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । यसैगरी पूर्व जनप्रतिनिधि अम्मर तरामुले उपभोक्तालाई वनमाथिको निर्भरता कम गरी संरक्षणमा सहभागी गराउनु पर्ने बताए । उपभोक्तालाई उत्पादनसँग जोड्न उनीहरुमा सीपको बिकास गरी व्यवसायिक क्षमता वृद्धिमा जोड दिए । कार्यक्रममा बोल्दै पत्रकार डि. बी. सुस्लिङले समुदायलाई उत्पादनमा प्रोत्साहित गर्न सरकारले बजार सुनिश्चितता गरिदिनु पर्नेमा जोड दिए । अल्पकालिन र दृघकालिन लाभका आधारमा वर्गीकरण गरि उपभोक्तालाई उत्पादनसँग जोडी आर्थिक रुपमा समृद्ध बनाउन सके वन तथा वातावरण र पर्यावरण संरक्षणमा टेवा पुग्ने बताए । सामुदायिक वन समन्वय समितिका कोषाध्यक्ष विनोद बस्यालको सञ्चालन तथा सदस्य भोजबहादुर छहरीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ६ : १८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं