२७ बैशाख २०८३, आइतबार | May 10, 2026

भन्सार छलेर नेपालगन्ज पुगेको २३ लाख बढीको मोबाइल डिस्प्ले बरामद



नेपालगन्ज । नेपाल भारत सीमानाका जमुनाहाबाट नेपालगन्ज बजार प्रवेश गर्दा सम्म २४ सै घण्टा ३ देखि ४ स्थानमा कडा चेकिङ हुने गरेपनि अबैध भन्सार छलीको सामान नेपालगन्ज भित्रिन छाडेको छैन ।

दशगजाको छेउमै रहेको प्रहरी, भन्सारमा तैनाथ प्रहरी र भन्सारका कर्मचारी तथा चौलिक्का चौकमा तैनाथ सशस्त्र प्रहरीको चेकजाँच पछि मात्र नेपालगन्जमा यात्रीहरुले प्रवेश पाउँदछन् । ४ वटा निकायमा चेकजाँच गरेर भित्रनुपर्ने अवस्था रहेपनि नेपालगन्जमा हरेकदिन लाखौंको भन्सार छलेर सामान भित्रिने क्रमले निरन्तरता पाएको छ । आजपनि सबै चेकजाँचको नाका पार गरेर नेपालगन्जको सेतु बिक चौक पुर्याइएको २३ लाख बढीको मोबाईल डिस्प्ले प्रहरीले बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका २ सेतु बिक चोकबाट भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याइएको ९२३ थान स्क्रिन टच मोबाईल डिस्प्ले बरामद भएको प्रहरीले जनाएको छ । बरामद मोबाइल डिस्प्लेको मुल्य मुल्य रु. २३ लाख ७ हजार ५०० बराबरको रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

बरामद मोबाइल डिस्प्लेको आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ । खुल्ला सिमानाको प्रयोग गरि तस्करी हुने गरेको भन्सार प्रशासनको भनाई रहेपनि भन्सारको मुल बाटो बाटै त्यस्ता सामान नेपाल छिर्ने गरेको स्रोतहरुको दाबी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १० : १५ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु