२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भन्सार छलेर नेपालगन्ज पुगेको २३ लाख बढीको मोबाइल डिस्प्ले बरामद



नेपालगन्ज । नेपाल भारत सीमानाका जमुनाहाबाट नेपालगन्ज बजार प्रवेश गर्दा सम्म २४ सै घण्टा ३ देखि ४ स्थानमा कडा चेकिङ हुने गरेपनि अबैध भन्सार छलीको सामान नेपालगन्ज भित्रिन छाडेको छैन ।

दशगजाको छेउमै रहेको प्रहरी, भन्सारमा तैनाथ प्रहरी र भन्सारका कर्मचारी तथा चौलिक्का चौकमा तैनाथ सशस्त्र प्रहरीको चेकजाँच पछि मात्र नेपालगन्जमा यात्रीहरुले प्रवेश पाउँदछन् । ४ वटा निकायमा चेकजाँच गरेर भित्रनुपर्ने अवस्था रहेपनि नेपालगन्जमा हरेकदिन लाखौंको भन्सार छलेर सामान भित्रिने क्रमले निरन्तरता पाएको छ । आजपनि सबै चेकजाँचको नाका पार गरेर नेपालगन्जको सेतु बिक चौक पुर्याइएको २३ लाख बढीको मोबाईल डिस्प्ले प्रहरीले बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका २ सेतु बिक चोकबाट भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याइएको ९२३ थान स्क्रिन टच मोबाईल डिस्प्ले बरामद भएको प्रहरीले जनाएको छ । बरामद मोबाइल डिस्प्लेको मुल्य मुल्य रु. २३ लाख ७ हजार ५०० बराबरको रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

बरामद मोबाइल डिस्प्लेको आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ । खुल्ला सिमानाको प्रयोग गरि तस्करी हुने गरेको भन्सार प्रशासनको भनाई रहेपनि भन्सारको मुल बाटो बाटै त्यस्ता सामान नेपाल छिर्ने गरेको स्रोतहरुको दाबी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १० : १५ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट