१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा



नेपालगन्ज । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालन्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालन्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रेको पहिलो लियर्सको काम सम्पन्न भएको छ भने धनौली देखि मैनापोखरा सम्मको एक तर्फी पहिलो लियर्सको कालोपत्रे सकिएको छ ।

नेपालन्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ । नन्दनी मलि देखि धम्बोझी चोक सम्मको सडकको साईड क्लीयर गर्ने क्रम सुरु भएको र साईड क्लीयर भएलगत्तै काम सुरु हुने ठेकेदार कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ८ : ५२ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह