९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

एन्फा रुपन्देहीको आयोजनामा बुटवलमा शनिबारदेखि जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग सुरु हुने



बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग सुरु हुने भएको छ । जिल्लाका ९ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको हो ।

बुटवल उपमहानगरपालिका-११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ‘ए’ डिभिजनमा रहेका ७ वटा क्लब तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम बीच प्रतिस्पर्धा हुन लागेको खेल संयोजक तथा एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।

जिल्लामा रहेका ८ समूह ए डिभिजनमा रहे पनि एक समूह सहभागी हुन टुङ्गो नलाग्दा ९ समूह बीच मात्रै प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौचनले पहिलो दिन एक मात्र उद्घाटन खेल तथा त्यसपछि प्रत्येक दिन २ वटा खेल हुने बताए ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कूल ३६ वटा खेल हुने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० तथा चौथो स्थान हासिल गर्ने क्लबले २० हजार नगद राशी प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको एन्फा रुपन्देही उपाध्यक्ष मुकेश कुंवरले जानकारी दिए ।

जिल्लामा ए डिभिजन क्लब छनोटका लागि आयोजना गरिने यो लिगबाट अंक तालिकाका आधारमा पुच्छारका २ वटा क्लब डिभिजन बी मा घटुवा हुने छन् भने अन्य क्लब डिभिजन ए मा कायम रहने छन् । प्रतियोगितामा यो वर्ष समुह एमा बढुवा भएका हिमाल युथ क्लब र सिम्रिक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी रहेका छन् । कार्यक्रमका अवसरमा बोल्दै एन्फा रुपन्देहीका अध्यक्ष लोक पुनले जिल्ला लिगबाट नयाँ खेलाडी उत्पादन हुने विश्वा व्यक्त गरे । प्रतियोगिताको उद्घाटन खेल शनिबार दिउँसो साढे ३ बजदेखि एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच हुने छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ३४ बजे

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ

मालपोत कोहलपुरका कर्मचारी पाण्डे घुस रकम सहित अख्तियारको नियन्त्रणमा

कोहलपुर । मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीलाई अख्तियारले घुस बापत