२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भैसी झारफुक गराउन आएकी महिलामाथि झाँक्रीले गरे बोक्सी भन्दै कुटपिट



पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा धामी झाँक्रीको काम गर्ने एकजनाले भैसी फुकाउन आउकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका छन् ।

बगनासकाली गाउँपालिका वडा नं. ९ बस्ने धामी झाँक्रीको काम गर्दै आएका २९ वर्षिय पदम बस्यालले आफ्नो भैंसी बिरामी भएको भन्दै फुकाउन आएकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका हुन् । चामल अक्षेता लिएर भैसी सहित फुकाउन गएकी महिलालाई उल्टो बोक्सीको आरोप लगाउँदै बस्यालले कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलालाई झाँक्री बस्यालले ल्वाङ खन दिएको र तीम्रो आँखामा बोक्सी बसेको छ भन्दै पैयुको लौरो र हातको मुठीले देब्रे पाखुरा लगायत शरिरको विभिन्न भागमा निलडाम हुने गरी कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएकी महिलाले बोक्सी आरोप कसुर अन्तर्गत कारवाहीको माग गरेपछि प्रहरीले बस्याललाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका बस्यालमाथि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : ५५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले