२६ बैशाख २०८३, शनिबार | May 10, 2026

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव



धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-५ भीमसेनथान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको छ । बनेपामा वैशाख पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको चण्डेश्वरी जात्रालाई लक्षित गरी काभ्रे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा आयोजित महोत्वस सञ्चालित छ ।

बनेपा नगरपालिका–५ का स्थानीय सञ्जिता ढकालले जात्रासँगै रैथाने खाना महोत्सवले नयाँ आकर्षण थपेको महसुस भएको बताइन् । वितगमा जात्रा मात्रै हुने गरेकामा यसपटक भएको खाना महोत्सवले मन परेको खानेकुरा रोजेर खान पाउने र जात्राको अवलोकन पनि गर्न पाउने भएकाले थप आकर्षक बनेको बताइन् ।

खाना महोत्वसमा योमरीको स्टल राखेकी सुमित्रा गौतमले महोत्सवमा आउनेको बढी रुचिको स्टल योमरी भएको बताइन् । योमरीको एउटा मात्रै स्टल भएकाले पनि पहिलो दिनदेखि नै बढी मात्रमा बिक्री भएको उनको भनाइ छ ।

रैथाने खाना महोत्सव आयोजक समितिका प्रतिनिधि एवं होटल व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठले गाउँ–गाउँबाट ल्याएको कोदो र फापरको पीठोबाट बनाएको रोटी, योमरी र कोदो, फापर र मकैको पीठो महोत्सवको स्टलमध्येकै आकर्षक बनेको बताए । जात्राका अवसरमा आयोजना गरेको महोत्सव पहिलोपटक भए पनि यसबाट जात्रामा आउने भक्तजनलाई बनेपाको रैथाने तथा परम्परादेखि प्रयोग गर्दै आएको खानाको स्वाद लिन पाउने व्यवस्था गरेको काम अधिकांशले रुचाएको बताए ।

पच्चिस वटा स्टलमध्ये योमरी, कोदो र फापरको पीठोबाट बनेका रोटी बारा, समयबजीलगायतका विभिन्न परिकारको स्टल राखेको उनले बताए ।

वैशाख पूर्णिमाको अवसरमा हुने चण्डेश्वरी जात्रामा सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउन जात्राका अतिथिलाई बनेपाली रैथाने नेवारी खानाको परिकारबारे जानकारी दिलाउने तथा रैथाने खाना परिकारको प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताए ।

बनेपालीले निकै महत्वका साथ मनाउँदै आएको सो जात्रा यहाँका जात्रामध्येकै महत्वपूर्ण मानिन्छ । करिब दुई हजार पाँचसय वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्राका अवसरमा बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडाको बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्‍याउने प्रचलन छ ।

भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । सदियौँदेखि आफ्नै मौलिक परम्परागत सांस्कृतिक तथा धार्मिक पर्वका रुपमा यस जात्रालाई यहाँका बासिन्दाले हर्षोल्लासका साथ मनाउँदै आएका छन् । जात्रा र महोत्सव दुवै आज समापन हुँदैछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ७ : ३७ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु