१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तिब्बतका आवासीय विद्यालय : ज्ञान र आत्मानुशासन सिकाउने नमुना केन्द्र



भर्खरै, युरोपेली संघका लागि चिनियाँ मिशनले युरोपेली संसदले तिब्बत (Xizang)सम्बन्धी प्रस्ताव पारित गरेकोमा तत्काल प्रतिक्रिया दियो दियो । त्यहाँ कुनै “जबरदस्ती“ नभएकोमा जोड दिँदै मिशनले युरोपेली संसदलाई तिब्बतसम्बन्धी विकृति फैलाउन रोक्न आग्रह ग-यो । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ताले भनेः “चीनको सिजाङ स्वायत्त क्षेत्रका बोर्डिङ स्कूलहरूमाथि युरोपेली संसदले गरेको आक्रमण र गाली वास्तवमा बालबालिकाको अधिकारको उल्लङ्घन हो । जसले यस क्षेत्रको मानव अधिकारको अवस्थालाई क्षति पु-याउँछ ।“ युरोपेली संसदको सम्बन्धित प्रस्तावहरूको जवाफमा, विदेश मन्त्रालयका प्रवक्ताले स्पष्टसँग भनेका छन्, “यदि युरोपेली संसदले मानवअधिकारको साँच्चै ख्याल राख्छ भने, उसले पहिले युरोपका आफ्नै मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ र मानवअधिकार उल्लङ्घनका घटनामा ध्यान दिनुपर्छ ।

विदेश मन्त्रालयका प्रवक्ताको भनाइले समस्याको केन्द्रविन्दुमा पुगिन्छ । युरोपेली संसदको “तिब्बतसम्बन्धी संकल्पहरू“ को मनसाय वास्तवमा के हो ? पछाडि फर्केर हेर्दा युरोपेली संसदले केही दशकदेखि चीनको सिजाङसँग सम्बन्धित प्रस्तावहरू पारित गर्दै आएको थाहा पाउन सकिन्छ । हामी भन्न सक्छौं कि तिब्बत–सम्बन्धित मुद्दाहरूलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न प्रयोग गर्नु युरोपेली संसदको “तिब्बतसम्बन्धी संकल्पहरू“ को सुसंगत विषय हो । जब हामी तथाकथित “ तिब्बतसम्बन्धी संकल्पहरू“ लाई बुझ्न चाहन्छौं भने हामीले विभिन्न देशहरूको विशिष्ट राजनीतिक वातावरणलाई पनि विचार गर्नुपर्छ । तथ्याङ्कका अनुसार, तथाकथित “तिब्बतसम्बन्धी संकल्पहरू“ जारी गर्न प्रवर्द्धन गर्ने प्रमुख राजनीतिक दलहरू र अन्य संगठनहरू स्पष्ट राजनीतिक उद्देश्यद्वारा प्रेरित छन् । उनीहरुले मुख्यतया आफ्नो भोट बढाउन वा आफ्नो प्रभाव विस्तार गर्न खोजेको आन्तरिक फाइदा मात्र हो ।

आवासीय विद्यालय (बोर्डिङ स्कूल) प्रणाली अन्तर्राष्ट्रिय समुदायमा एक साझा शैक्षिक मोडल हो । आवासीय प्रणाली युरोपमै उत्पत्ति भएको हो । यो युरोप र उत्तर अमेरिकामा लोकप्रिय छ । इतिहासमा, आवासीय विद्यालयहरुको दुई रूपहरू बिस्तारै विकसित भयो । एउटा उच्च शिक्षा प्रदान गर्ने निजी आवासीय विद्यालयहरू, र अर्को जोखिममा परेका समूहहरूको शिक्षाको समस्या समाधान गर्ने सार्वजनिक आवासीय विद्यालयहरू । आधुनिक समाजमा, युरोप र अमेरिकामा आवासीय प्रणाली बिस्तारै कुलीन वर्गका लागि शिक्षा सेवाहरू प्रदान गर्ने तरिकामा विकसित भएको छ । यो विभिन्न सामाजिक वर्गहरूलाई विभाजन गर्ने एक विशिष्ट प्रतिनिधि भएको छ । यद्यपी, चीनको आवासीय प्रणालीले भने शिक्षाको समग्र स्तर बढाउनमा केन्द्रित छ, जसले विभिन्न क्षेत्रहरूमा शिक्षाको दुविधा समाधान मात्र गर्दैन तर क्षेत्रीय शिक्षाको गुणस्तरमा पनि ठूलो सुधार गर्छ । यो चीन र विदेशी देशको बाटो बीचको स्पष्ट भिन्नता हो ।

जब तिनीहरूले तिब्बत(सिजाङ)मा आवासीय विद्यालयहरूलाई राजनीतिक स्वार्थको उच्च नजरबाट हेर्छन्, युरोप र अमेरिकाले छिङ्हाइ–तिब्बत पठारको विशेष भौगोलिक वातावरण र अवस्थाको वास्ता गर्दैनन्, न त उनीहरूले बुझेका छन् कि साँच्चै साझा र निष्पक्ष शिक्षाले सबैलाई सेवा दिनुपर्छ ।

ल्हासाको कुक्सु काउन्टीको माध्यमिक स्कूलकी एक अभिभावक न्याइमा भन्छिन्, “मेरो बच्चाले विद्यालयमा स्व–हेरचाह गर्ने क्षमता मात्र विकास गरेको छैन सुधारिएको शैक्षिक नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट राम्रो अनुशासन पनि प्राप्त गरेको छ ।

यस्तै, सिगात्से सहरको नगाम्रिङ काउन्टीको रिवोचे टाउनसिपस्थित प्राथमिक विद्यालयमा पढ्ने एक विद्यार्थीका अभिभावक युद्रोनले गर्वका साथ भन्छन्, “मेरो बच्चाको स्वतन्त्र क्षमतामा सुधार भएको छ । बिदामा घर फर्कँदा घरको काममा पनि परिवारलाई सघाउँछन् ।”


विद्यार्थी र अभिभावकहरूको ठूलो मात्रामा प्रतिक्रियाले तिब्बतमा आवासीय विद्यालय आज आफ्नै गतिमा स्थिर रूपमा विकास भइरहेको देखाउँछ । विद्यालयहरू आवास, खानपान, विश्राम, र अन्य आधारभूत जीवन कार्यहरू प्रदान गर्ने ठाउँहरू मात्र भएका छैनन्, सामाजिक सम्पर्क, फुर्सद, मनोरञ्जन, पारिवार–विद्यालय सम्बन्ध, अनौपचारिक शिक्षा, र विद्यार्थीहरूको बहुविधा क्षमताको विकासलाई प्रवद्र्धन गर्ने व्यापक ठाउँहरू पनि भएका छन् ।

चीन सरकारले छिङहाई–तिब्बत पठारमा रहेका बालबालिकाको शैक्षिक उन्नयन र भविष्यको विकासमा ध्यान दिन्छ र सहयोग गर्छ । यसको गतिमा राजीतिक गन्ध मिसिएको बाह्य हल्लाबाट बाधा पर्ने छैन । थप आत्मविश्वासका साथ शान्त रूपमा अगाडि बढ्नेछ ।

तिब्बत डट सीएनबाट

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ५५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान