२८ असार २०८२, शनिबार | July 12, 2025

ल्हासाको गोङ्गर विमानस्थलमा विदेशी पर्यटक लक्षित मुद्रा सटही केन्द्र स्थापना



ल्हासा । चीनको तिब्बतस्थित ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक लक्षित मुद्रा सहटी केन्द्र केन्द्र खोलिएको छ ।

बैंक अफ चाइनाले विमानस्थलको टर्मिनल २ मा यो सटही केन्द्र खोलेको हो । तिब्बतभर यस बैंकले ५३ वटा विदेशी मुद्रा सहटी काउन्टर खोलेको छ । विमानस्थलमा खोलिएको मुद्रा सटही केन्द्रले विदेशी पर्यटकहरुलाई सहयोग र मार्गदर्शन गर्ने पुग्ने विश्वास अधिकारीहरुले गरेका छन् ।

यस सेन्टरमा रहेका कर्मचारीहरुले विदेशी पर्यटकहरुलाई आवश्यक पर्ने सेवा र गाइडलाइन उपलब्ध गराउने छन् । भिसा, मास्टरकार्ड, युनियन पे भएका पर्यटकले यस सटही केन्द्रमा रहेका एटीएम मेशिनबाट रकम निकाल्न सक्नेछन् ।

गोङ्गर अन्तराष्ट्रिय विमानस्थल हवाईमार्गबाट तिब्बत प्रवेश गर्ने एकमात्र गेटवे हो । चीनले तिब्बतलाई दक्षिण एशियाको आर्थिक कोरिडोरको रुपमा विकास गरिरहेको छ । तिब्बतमा वर्षेनी विदेशी पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ९ : १९ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन