१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गरिबका छोराछोरी पढ्ने तिब्बतका सुविधा सम्पन्न विद्यालय

न्यानो कक्षाकोठामा बसेर पढ्छन्, वार्षिक अनुदान पाउँछन्



छिरिङ ड्रोल्मा तिब्बत स्वायत्त प्रदशेको एक विद्यालयमा अध्ययन गर्छिन् । तिब्बतका विद्यालयहरुलाई केन्द्र सरकारले अनुदान दिएकोमा उनी धेरै खुशी छिन् । विद्यालयमा हुने सबैजसो खर्च ट्युसन, आवास र आधारभूत अध्ययन सामग्रीहरू समावेश हुँदा उनीजस्ता ग्रामीण किसान परिवारका विद्यार्थीका लागि ठूलो मद्दत मिलेको छ ।

१७ वर्षीय किशोरी ल्हासाको नाङ्गचुस्थित ३ नम्बर विद्यालयमा पढ्छिन् । उनी शिशु कक्षामा भर्ना भएदेखि नै सरकारको क्षेत्रीय निःशुल्क शिक्षा नीतिबाट लाभान्वित हुँदै आएकी छिन् ।

छिरिङ ड्रोल्माको घर समुद्रबाट ४३०० मिटर माथिको एक दुर्गम गाउँमा छ । उनको परिवारले मुख्यतयाः गाईवस्तु चराएर जीविकोपार्जन गर्छ । त्यसबाट उनीहरुले खासै धेरै पैसा कमाउँदैनन् । “निशुल्क शिक्षा धेरै राम्रो छ, उनी भन्छिन्, ‘यो धेरै राम्रो छ कि मेरो परिवारको आर्थिक अवस्था राम्रो नभएकोले मेरा आमाबुवाले मेरो स्कूलमा पैसा खर्च गर्नु पर्दैन।’

उनी थप्छिन्, “हाम्रो विद्यालयले हामीलाई दैनिक आवश्यकताहरू जस्तै ओछ्यान, गद्दा र सरसफाइका सामानहरू पनि प्रदान गर्दछ ।“

छिरिङ ड्रोल्माले प्राप्त गर्ने अनुदानहरू यस क्षेत्रले आफ्नो शैक्षिक विकासमा गरिरहेको प्रयासको यौटा उदाहरण हो ।

तिब्बत शिक्षा विभागका अनुसार यस क्षेत्रले आगामी शरद ऋतुमा विद्यार्थीहरूको लागि अनुदान वृद्धिको नयाँ चरण प्रस्ताव गर्नेछ ।

केन्द्रीय सरकारले बालबालिकाको स्कूलको खाना, बास र ट्युसनको लागि तिर्ने सानबाओ नीति अपनाएपछि यस क्षेत्रले विद्यार्थीहरूको लागि अनुदानको मापदण्ड बढाएको यो २१ औं पटक हो । सिजाङ सरकारले वितरण गरेको अनुदानले किन्डरगार्टेनदेखि सिनियर हाई स्कूलसम्मका बालबालिकालाई समेट्छ ।

अनुदान वृद्धिको अर्को चरणमा प्रत्येक विद्यार्थीले प्रतिवर्ष ४६२० युआन (६४२ डलर)प्राप्त गर्नेछन् । जुन गत वर्षको तुलनामा ९० युआन बढी हो ।

यो अनुदानले सात लाग १४ हजार भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुनेछन् । जसमा किसानहरू र गोठालाहरूका छोराछोरीहरू, साथै आर्थिक रूपमा संघर्ष गरिरहेका सहरी परिवारहरूका छन् ।

यसैबीच तिब्बत क्षेत्रले यस वर्ष २६ वटा समावेशी शिशु कक्षा, ३० वटा प्राथमिक तथा माध्यमिक विद्यालयको निर्माण र विस्तार गरी आधारभूत शिक्षाको गुणस्तरमा सुधार गर्नेछ ।

विगतका दशकहरूमा, अनुदान रकम क्रमशः बढ्दै गएको छ । त्यसबाट सिजियाङ क्षेत्रका विद्यार्थीहरुको सिकाई र जीवनको अवस्थालाई उल्लेखनीय रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ ।

३ नम्बर माध्यमिक विद्यालयमा खानपान विभागमा कार्यरत ग्याल्त्सान दोर्जेले सान्बाओ नीतिको महत्वलाई जोड दिएका छन् । “यस वर्ष केन्द्र र स्वायत्त क्षेत्रले पनि धेरै नयाँ जनमुखी नीति ल्याएका छन्,“ उनले भने “अनुदान मापदण्डमा बृद्धि गर्नु एउटा महत्वपूर्ण नीति हो, र हाम्रो विद्यालयले हाम्रा विद्यार्थीहरूको लागि आवासको अवस्था सुधार गर्न सक्दो प्रयास गरिरहेको छ । “

क्षेत्रीय शिक्षा विभागका एक अधिकारी वाङड्रनले चाइना मिडिया समूहलाई भने, “हामीले अनिवार्य शिक्षा नीतिअन्तर्गत ४० वटा विद्यालयलाई जाडो याममा पनि न्यानो बनाउने गरी निर्माण गर्दैछौं । २५० मिलियन युआन खर्च हुने यस परियोजनाबाट ४० हजार वर्ग मिटरका विद्यालय भवनहरू निर्माण हुनेछन् ।“

(सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदा शिक्षा क्षेत्रमा कैयौं काम गर्छु भन्ने वाचा गरिएको छ । र हरेक वर्ष गरिँदै आएको छ । तर, शिक्षामा लगानी वालुवामा पानी जस्तै छ । तर, चीनको तिब्बत स्वायत्त प्रदेशमा गरिएको शिक्षामा लगानीले तिब्बती विद्यार्थीको शैक्षिकस्तरमा छलाङ मारेको छ । नीति तथा कार्यक्रममाथिको छलफलको समयमा xzxw.com मा  प्रकाशित यो तिब्बतको रिपोर्ट समयसान्दर्भिक देखिन्छ । – सं.)

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : ४१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान