२४ असार २०८३, बुधबार | July 8, 2026

सहमतिका साथ शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँ : अग्नि सापकोटा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र_का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’को २२औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको ‘प्रभातफेरी’ कार्यक्रममा उनले शान्ति प्रक्रियाजस्तो संवेदनशील विषयमा राजनीति नगरी सहमतिका साथ टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । उपाध्यक्ष सापकोटाले नेपालको पत्रकारितामा कृष्ण सेनको योगदान अमूल्य रहेको चर्चा गर्दै उनको न्यायका लागि सिङ्गो पत्रकारिता जगत लाग्नुपर्ने बताए।

कार्यक्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले द्वन्द्वकालमा इच्छुकलगायत पत्रकारले देश र जनताका पक्षमा कलम चलाउँदा जेलनेलको यातनासहित जीवन गुमाउनुपरेको उल्लेख गर्दै उहाँहरूको सपना साकार तुल्याउन एकतावद्ध भई अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।।

मानवअधिकारकर्मी, लेखक तथा जनादेश साप्ताहिकका सम्पादकसमेत रहेका इच्छुकको काठमाडौँस्थित प्रहरी हिरासतमा रहेकै बेला विसं २०५९ जेठ १३ गते निधन भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  २ : ४२ बजे

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन