३ असार २०८१, सोमबार | June 17, 2024

बुटवलमा ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम शुरु



बुटवल । बुटवल उपमहानगरको सहयोगमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आईतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ विषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुछवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन ।

उनले बुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएको तर जग्गाको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए । पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशिल ६० बढि पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए । पहिलो दिन आईतबार बुटवल उपमहानगरका कार्यसम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए ।

यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालाका विषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर केसी र यानेन्द्र जिसि तथा प्रदेश सल्लाहकार सरु राना सहितको प्यानल छलफल गरिएको थियो । सोमबार र मंगलबार भने बाह्रखरी अनलाईनका सम्पादक प्रतिक प्रधानले सहजीकरण गर्नेछन ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : ०२ बजे

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले

राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर

जर्मनी । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक