५ भदौ २०८३, शुक्रबार | August 21, 2026

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही



बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार स्थापनालाई पुनः निरन्तरता दिने भएको छ ।

अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रु २५ हजार नगदसहित पुरस्कृत गर्नेगरी कोष स्थापना गरेका छन् । सापकोटाले प्रत्येक पाँच वर्षका लागि पुरस्कारका लागि हुने एकमुष्ट रकम रु एक लाख २५ हजार महासंघ रुपन्देहीको खातामा जम्मा गरिदिएका हुन् ।

सापकोटाकै सहयोगमा विसं २०७३ देखि निरन्तर वितरण हुँदै आएको उक्त पुरस्कारका लागि स्थापना गरिएको कोषबाट प्राप्त हुने ब्याजबाट पुरस्कार वितरण गर्न सम्भव नभएपछि केही समय रोकिएको थियो ।

नेपाल पत्रकार महासङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका सापकोटा र पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले उक्त पुरस्कारलाई पुनः निरन्तरता दिनेगरी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कायृक्रममा पुरस्कार कोषका लागि अग्रज पत्रकार सापकोटाले पाँच वर्षको रकम एकमुष्ट रु एक लाख २५ हजार पत्रकार महासङ्घको संयुक्त खातामा जम्मा गर्नेगरी चेक हस्तान्तरण गरेका थिए ।

उक्त पुरस्कार हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर वातावरण, जलवायु परिवर्तन र पर्यावरणको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वितरण गरिने नेपाल पत्रकार महासङ्घ रुपन्देहीले जनाएको छ ।

विश्वको वातावरण मानवीय जीवनका लागि चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पत्रकारहरूले वातावरण, जलवायु र पर्यावरणको मुद्दा सशक्त रूपमा उठाउन प्रोत्साहन गर्न वातावरण पत्रकारिता पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक सापकोटाले बताए ।

उक्त पुरस्कार प्रत्येक वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्मको रिर्पोट, समाचार, फिचरलाई मूल्याङ्कन गरी वितरण गरिने गरी निर्देशिका तयार गरिएको महासङ्घका सचिव सिपी खनालले जानकारी दिए ।

पत्रकार महासङ्घले विसं २०७३ देखि वितरण गर्दै आएको उक्त पुरस्कार अहिलेसम्म शेरबहादुर केसी, छवि पाण्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टिआर शर्मा, तेजेन्द्र केसी र दिनेश पाण्डेले प्राप्त गरिसकेका छन् ।

विसं २०२९ देखि पत्रकारिता सुरु गरेका पुरस्कारका संस्थापक अग्रज पत्रकार सापकोटाको सम्पादकत्वमा विसं २०३१ देखि २०६० सम्म मुक्ति सन्देश दैनिक भैरहवाबाट प्रकाशन गरेका थिए । विंस २०४७ देखि वातावरण बचाऊ आन्दोलनको अध्यक्ष भई काम गरेका सापकोटाको अगुवाइमा स्थापना भएको रुपन्देही एफएम अहिलेपनि सञ्चालनमा छ ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ९ : २५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको