१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

बाँकेमा रक्तदान गरेर कृष्ण सेन “इच्छुक”को सम्झना गरियो



नेपालगन्ज । कृष्ण सेन “इच्छुक” को २२ औं स्मृती दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले रक्तदान गरेको छ ।

स्मृती दिवसको अवसरमा आईतबार प्रेस सेन्टर नेपालको आयोजनामा नेपालगन्जमा रक्तदान गरीएको हो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको सेन्टरले जनाएको छ । भेरी अस्पतालको हाताभित्र रहेको रक्त संचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा बिभिन्न क्षेत्रका २६ जनाले रक्तदान गरेको प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यजले जानकारी दिए ।

जनयुद्ध ताका समाचार लेखेकै आरोपमा कृष्ण सेन “इच्छुक” तत्कालिन ब्यवस्थाका शासकहरुको निर्देशनमा प्रहरीले कुटेर हत्या गरेको थियो । रक्तदान कार्यक्रमा उपस्थित सहभागीहरुले नेपालमा भएका परिवर्तनकारी आन्दोलनमा इच्छुकको ठुलो त्याग र बलिदान सहित महत्वपुर्ण भुमिका खेलेको चर्चा गरे । उनीहरुले जनताको पक्षमा समाचार लेखेकै कारण कलम बन्द गराउन शासकहरुको निर्देशनमा हत्या गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको प्रशंसा गर्दै सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखे ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालले नेपाली पत्रकारीता क्षेत्रमा कृष्ण सेन “इच्छुक” को योगदान महत्वपूर्ण र स्मरणीय रहेको बताए ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष दुर्गा थारु(कबिर),प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज डा. डक्टप्रसाद धिताल, नीति तथा परामर्श समितिका सदस्य सुशील शर्मा लामीछाने, प्रदेश उपाध्यक्ष प्रदीप वाग्लेलगायत बिभिन्न संघ संस्था तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तत्कालीन सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी पत्रकार सेनको ७ दिनपछि जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरेको थियो । सोही दिनको स्मृतीमा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ईच्छुकको स्मृती दिवस मनाईंदै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १० : ४९ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा