११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

युद्धपत्रकारहरुको योगदान सम्झँदै बाँकेमा कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस मनाइयो



नेपालगन्ज । जनयुद्धमा ज्यान जोखिममा पारेर पत्रकारिता गरेका युद्ध पत्रकारहरुको सम्मान हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रेस सेन्टर बाँकेले २३ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले लोभ, लालच र सुबिधा त्यागेर लक्ष्यमा केन्द्रीत हुन सकेमात्र कृष्णसेन प्रतिको सच्चा श्रद्धान्जली हुने बताए ।

सहभागी वक्ताहरुले जनयुद्ध स्थगन भएसँगै कृष्णसेनको योगदानलाई ओझेलमा पारिएको गुनासो गर्दै युद्धकालमा जोखिमपूर्ण पत्रकारिता गरेका पत्रकारहरु संरक्षणको अभावमा विदेशिन बाध्य भएका बताए । माओवादी नेतृत्वले बेपत्ता, शहिदको विषयमा सवेदनशिलता देखाएपनि युद्धपत्रकारहरुको विषयमा केही गर्न नसकेको उनीहरुको गुनासो थियो । कृष्णसेन बन्न त्यत्ति सचिलो नभएको उल्लेख गर्दै वक्ताहरुले निडर र सिद्धान्तप्रति निष्ठा प्रकट गरेर मात्र कृष्णसेनको बाटो पछ्याउन सकिने बताए । पत्रकारिता जनपक्षीय नै हुने चर्चा गर्दै उनीहरुले पक्षधरताले जनपक्षिय पत्रकारिता कमजोर बनेको बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी स्थायी समिति सदस्य पुर्णकुमारी सुबेदीले युद्ध पत्रकारहरुको सम्मान गर्न नसकिएको स्वीकार गरिन् । जनयुद्धमा ज्यान जोखिममा राखेर पार्टीका एजेण्डा जनतामा पुर्याउने पत्रकारहरुलाई पार्टीले नबिर्सेपनि सम्मान गर्न नसकिएको उनले बताइन् । कृष्ण्सेन आफुभन्दा २ वर्ष जेठो भएर पनि आफुलाई दिदी भन्ने गरेको स्मरण गर्दै उनले कृष्णसेन बन्न त्यत्ति सजिलो नभएको स्पष्ट पारिन् ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले इमान्दार निष्ठा र निडर भएर समाज र जनताको पक्षमा कलम चलाउन सकेमात्र कृष्णसेन प्रति सच्चा श्रद्धान्जली हुन सक्ने उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष द्वय निरज गौतम र झलक गैरे, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका अध्यक्ष प्रियास्मृर्ति ढकाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल लामिछाने, प्रदेश अध्यक्ष प्रदीप वाग्ले, पत्रकार शरण कर्माचार्यलगायतले शहिद सेन प्रति श्रद्धान्जली अर्पण गर्दै न्याय र स्वतनत्रताका लागि सेनले देखाएको बाटो हिँडने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा कपिल अन्जान, पत्रकार बिपी अस्तुलगायतले कविता वाचन समेत गरेका थिए ।

०५६ पुष १९ गते ललितपुर जिल्लाको भट्टे डाँडाको प्रहरी चौकीमाथि माओवादी आक्रमण भएको समाचार छापेबापत सेन सम्पादक रहेको जनादेश प्रतिबन्धित मात्र भएन, कृष्ण सेनलाई पक्राउ वारेन्टसमेत जारी गरियो ।

वि.सं. २०५९ जेठ ६ गते उनलाई महेन्द्र पुलिस क्लबको हिरासतमा सारियो। जेठ १३ गते हिरासतमै अमानवीय यातना दिई उनको हत्या गरिएको थियो । महेन्द्र पुलिस क्लबमा मृत्युअगाडि उभिंदा पनि उनी निडर र अविचल भएर उभिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : २३ बजे

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ