२८ भदौ २०८३, आइतबार | September 14, 2026

रुपन्देहीमा मनाइयो २३ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस



बुटवल । प्रेस सेन्टर नेपाल रुपन्देहीले २३ औँ कृष्ण सेन ‘इच्छुक’ दिवस मनाएको छ । तस्विरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइएको संगठनले जनाएको छ ।

प्रेस सेन्टर नेपालका पुर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासंघ रूपन्देही पुर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेन ‘इच्छुक’हरुको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए । दशवर्षे जनयुद्ध र तत्कालिन अवस्थामा पत्रकारिता क्षेत्रमा राज्यले गरेको हस्तक्षेप, पत्रकारमाथि धड्पकड़ र पत्रकार हत्याका शृंखलाहरूको स्मरण गर्दै पत्रकार जिसीले कृष्ण सेनले देखाएको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

अहिलेको सहज अवस्थाको सहि ढंगले सदुपयोग गर्न र जनताको पक्षमा दृढतापुर्वक कलम चलाउन आग्रह गर्दै उनले सत्ताको निगरानी र खबरदारी गर्ने काममा पत्रकार चुक्न नहुने विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष विष्णु पोखरेलले देशका सिमित क्रान्तिकारी योद्धाको सूचीमा कृष्ण सेनको नाम अग्रस्थानमा आउने बताए । कृष्ण सेनको गिरफ्तारी र उनको हत्या नेपालको पत्रकारिता क्षेत्रलाई आतंकित पार्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने तत्कालिन शाही सरकारको असफल कदम रहेको उनले बताए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्यहरु सरु राना, रमेश पोखरेल, संजय सौगातसहित जिल्ला पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ५ : ०३ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा