६ पुस २०८२, आइतबार | December 21, 2025

२६ सार्वजनिक संस्थान नाफामा



काठमाडौं । देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ ।

अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्वजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान नोक्सानीमा गएका छन् । त्यस्तै तीन संस्थानको कारोबार शुन्य छ । कुल सार्बजनिक संस्थानको संख्या ४४ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए । अत्याधिक नाफा आर्जन गर्ने सार्बजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनि लिमिटेड, नागरिक लगानी कोषलगायत रहेका छन् ।

त्यस्तै आव २०७९-८० मा नोक्सानीमा गएका संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ८ : ०७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा