१६ भदौ २०८३, मंगलबार | September 1, 2026

गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं- पर्यटन बिभाग



काठमाडौं । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ ।

पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ ।

पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो टोलि आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताएका थिए । उनले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफु चुप नबस्ने समेत बताएका थिए ।

बिभागले आज समेत सगरमाथाको सफल आरोहण भएको र पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ । बिभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्न समेत आग्रह गरेको छ ।

साथै बिभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ ।

साथै विभागले सधै चर्चित हुने गरि अनाधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन प्रक्रियासमेत अगाडी बढाएको बिभागले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : ४१ बजे

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह