५ पुस २०८२, शनिबार | December 20, 2025

तिलोत्तमा ‘जनप्रतिनिधी र कर्मचारीहरु बीचको मैत्रीपुर्ण फ़ुटबल’मा जनप्रतिनिधी विजयी



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना खेलकुद विकास समितिको व्यवस्थापनमा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु बीच भएको मैत्री पुर्ण 7A साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर बिहानैबाट संचालन गरिएको प्रतियोगितामा स्वास्थ्य शाखालाई नगर प्रहरी कर्मचारीले पराजित गरेका छन् भने नगर कर्मचारीको टिमले वडा कर्मचारीलाई ट्राईब्रेकरमा पराजित गरेको थियो भने, महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको खेलमा महिला जनप्रतिनिधीले ट्राइब्रेकरमा महिला कर्मचारीलाई पराजित गरेका छन् भने पुरुष जनप्रतिनिधी र पुरुष नगर कर्मचारी बिचको खेलमा पुरुष जनप्रतिनिधीले ट्राइब्रेकरमा नगर कर्मचारीलाई पराजित गरेका छन् ।

प्रतियोगिता नगराप्रिसरमै रहेको मैदानमा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको सम्रिध्ही र स्वास्थ्यका लागि जनप्रतिनिधी र कर्माचारी एकजुट बन्न यस्ता प्रतियोगिताले ठुलो भूमिका रहने बताए । सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले मौसम प्रतिकुलताका करण प्रतियोगितामा केहि असहज भएपनी सबैको उत्साह र प्रतियोगितामा सहभागिताले उत्प्रेरणा जगाएको बताइन । उनले खेल मार्फत सबैको स्वास्थ्य लागि सकारात्मक प्रभाव पार्ने हुँदा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

प्रतियोगिताबारे बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्साहित प्रतियोगितामा सहभागिताले थप अन्य खेलकुदको प्रतियोगिताका लागि जिम्मेबार बनाएको र मैत्रीपूर्ण भएपनि निकै प्रतिस्प्रधात्मक खेल भएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : २० बजे

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी