२२ माघ २०८२, बिहिबार | February 5, 2026

बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान अर्थतन्त्रको चुनौतीलाई चिर्न र नवीन आशा जाग्ने गरी नयाँ सम्भावनाका साथ बजेट आउँछ भन्ने अपेक्षा रहेकामा त्यो नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “बजेट प्रस्तुत गरिरहँदा निरन्तरतामा नवीनता हुनुपर्ने हो त्यो देखिएन । अहिले बजारको जुन मूल्यवृद्धि छ त्यसलाई धान्न सक्ने आयको पक्ष हेरिएन ।”

अहिलेको अर्थतन्त्रमा देखिएको चुनौतीलाई सामना गर्ने, निजी क्षेत्रको मनोबल उठाउने, चुहावटलाई नियन्त्रण गर्ने, व्यापार घाटा कम गरी आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने र अर्थतन्त्रमा छलाङ मार्ने ढङ्गबाट बजेट नआएको उनको टिप्पणी छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बजेटले कृषिमा नयाँपन व्यक्त गरेको र देशका विभिन्न क्षेत्रमा विशिष्टीकृत रोजगारी सिर्जना गर्ने विषयलाई लक्षित गरेको पक्ष निकै सकरात्मक भएको प्रतिक्रिया दिए । उनले भने, “भौतिक पूर्वाधारको क्षेत्रमा यसपटक बजेट निकै विनियोजन भएको छ । यी नै बजेटका प्रमुख विषयहरु हुन् ।”

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता राजेन्द्रप्रसाद पाण्डेले संसद्मा प्रस्तुत भएको बजेट समग्रमा ठीकै रहेको प्रतिक्रिया दिए । उनले भने, “यो बजेट कति कार्यान्वयन हुन्छ कति हुन्न त्यसमा भर पर्छ । बजेटमा समेटिएका सबै विषयवस्तु कार्यान्वयन हुन ९५ खर्बभन्दा बढी चाहिन्छ । प्याज, आलुलगायतका अत्यावश्यक कृषिजन्य सामाग्रीमा भ्याट लगाइँदै आएकोमा हटाइएको छ त्यो राम्रो कुरा हो ।”

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले नीति तथा कार्यक्रमको सारतत्वलाई बोकेकाले बजेट राम्रो भएको बताए । “मुलुकको अर्थतन्त्रलाई केही न केही अगाडि बढाउँछ भन्ने विश्वास जागेको छ”, उनले भने ।

जसपाकी नेत्री रञ्जुकुमारी झाले निजी क्षेत्रलाई लगानी गर्न उत्प्रेरणा दिने र तरकारीलगायत अत्यावश्यक वस्तुमा कर घटाउँदा गृहिणीका लागि खुसी पैदा गरेको प्रतिक्रिया दिइन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयनको कति हुन्छ भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने बताए । “बजेट कार्यान्वयन फितलो हुँदै आएको परम्परा छ । यो पटक पनि कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी नै छ, त्यसको आधारमा बजेटको प्रभाकाकारिता निर्धारण हुन्छ”, उनले अगाडि थपे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १० : १७ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद