७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति पौडेलद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन ।

राष्ट्रपति पौडेलद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज जारी शुभकामना सन्देशमा महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको उल्लेख गरेका छन । “सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाउन लागिएको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले उक्त शुभकामना दिएका हुन । राष्ट्रपति पौडेलले यस अवसरमा महिलाको हक, अधिकार सुनिश्चित गर्न योगदान गर्ने सम्पूर्ण अग्रजहरुलाई स्मरण गर्दै धन्यवादसमेत दिएका छन ।

“विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेका छन्”, सन्देशमा भनिएको छ, “कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिला पूर्णरूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैँमा अत्यन्त दुःखद् कुरा हो, यस्ता क्रियाकलापको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनुपर्दछ भन्ने लाग्दछ ।”

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : ०९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११