८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतको राजस्थानमा तापक्रम ४९ डिग्री सेल्सियस पुग्दा भीषण गर्मीले ६ को मृत्यु



नयाँदिल्ली । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार दुई हजार आठ सय नौबाट बढेर तीन हजार छ सय २२ पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।

भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : ४२ बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका