५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बुटवल उपमहानगरपालिका र वडा नम्बर २ को संयुक्त लगानीमा जिम हाउस सञ्चालन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ तल्लो फुलबारीमा जिम हाउस शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिका र वडा नम्बर २ को संयुक्त लगानीमा जिम हाउस सञ्चालनमा आएको हो ।

जिम हाउसको मंगलबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलको विकास संभावना बोकेको वडा नम्बर २ भएको बताउँदै उनले वडा २ ले नै बुटवलको समृद्धिमा महत्पूर्ण भुमिका खेल्ने बताएका थिए । वडामा हुने हरेक कामलाई जनताको पहुँच पुग्ने खालको हुनुपर्ने भन्दै उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी विकासलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

उनले भने- ‘बुटवलले रोजगारी वृद्धिका लागि युवा लक्षित तालिम चलाउँदै आएका छौ ।’ वडा २ का अध्यक्ष शुनिल शाक्यले जिम हाउस निर्माणपछि वडावासीलाई स्वास्थ अभियानमा जोड्न पाउँदा खुसी लागेको बताए ।

उनले आफु अघिल्लो कार्यकालमा वडा सदस्य हुँदा खेरी नै जिम हाउसको अभियान सुरुवात गरिएको बताउँदै आफु वडा अध्यक्ष भएपछि जिम हाउस उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए । उनले युवाहरुलाई जिम हाउस मार्फत स्वाथ्य अभियानमा जोड्न पाउँदा धेरै खुसी भएको बताए ।

२ का वडा सचिव उषा ढुंगानाले नगरपालिकाको २० लाख आर्थिक सहयोगमा जिम हाउस निर्माण गरिएको जानकारी दिईन । कार्यक्रममा वडा २ का निर्वतमान अध्यक्ष रमेश नेपाल, वडा सदस्य गौतमलाल शाक्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ११ : ०८ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८