२८ भदौ २०८३, आइतबार | September 13, 2026

उमेर पुगेर विवाह गर्ने जोडी र सासू-ससुरा हेर्ने बुहारीलाई सम्मान



गुल्मी । यहाँको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई आज वडा कार्यालयले सम्मान गरेको छ ।

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यलयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । ‘विवाहबारी–२० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उनले बताए ।

वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ । वैदेशिक रोजगारीमा छोराहरु जाने तथा बुहारीहरु छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ । बुहारीहरु सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासू-ससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका बुहारी तथा छोरीहरुलाई वडाले सम्मान गरेको हो । शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ । विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरुलाई दोसल्ला सम्मानपत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिए। कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई रु १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई रु पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई रु तीन हजार नगदसहित सम्मान गरिएको छ ।

शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट गरिएका यस्ता कार्यक्रमबाट समाजका आम नागरिकहरुमा थप उत्प्रेरणा जाग्ने बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १० : ५० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा